मुस्ताङ : जिल्लाको उपल्लो भेग लोमान्थाङमा विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्ष निर्माण गरिएकाे छ।मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइमा रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। यसअघि ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्थ्यो।९ होलको सो गल्फ कोर्ष गण्डकी प्रदेशकी सांसद ईन्द्रधारा विष्टको सक्रियतामा सांसद विकास कोषको आर्थिक सहयोग र लोमान्थाङ गाउँपालिकाको सहयोगमा निर्माण गरिएको छ।भर्खरै मात्र निर्