सप्तरीको रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्रबजारदेखि उत्तरपट्टिको बाटोमा बाढीले कटान गरेपछि आवतजावतमा समस्या भइरहेको छ । अविरल वर्षासंगै छेचुवाई खोलामा आएको बाढीले बाटो कटान गरेकाले सो बाटोबाट हिँड्ने सयौँ मानिसलाई समस्या भइरहेको स्थानीयवासी वृजमान तामाङले बताए । बाटोमा बाढी पसेर विभिन्न ठाउँमा खाल्डो बनाउने र भत्काउने गरेपछि सवारीसाधन आवतजावत गर्न र सोे बाटो भएर जाने मानिसलगायत…