काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको बताउनुभएको छ। यसलाई बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको उहाँको भनाइ छ । शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा विचलन देखिएको दावी गर्नुभयो […]