नेपालको श्रम बजारमा वर्षेनी प्रवेश गर्ने साढे ४ लाख श्रमशक्तिको विकल्प मानिएको वैदेशिक रोजगारीमा विगत दुई दशकयता सबैभन्दा बढी गिरावट आएको छ । कोरोना संक्रमणका कारण श्रम गन्तव्यमा रोजगारीका क्षेत्रमा आएको गिरावट र हवाईलगायतका सरोकार राख्ने क्षेत्र लामो समय बन्द हुँदा यसको असर नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा परेको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा गिरावट आएसँगै त्यसको असर वैदेशिक रोजगार व्यवसाय र यसका सहायक स्वरोजगार व्यवसाय, बिमा, तालिम दिने संस्था र अन्य क्षेत्रमा समेत परेको छ । नेपाल राष्ट्र बैंकको पछिल्ल...