बागलुङ : बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका बागलुङको गलकोट नगरपालिका–८ का २२ वर्षीय अनिल सार्कीलाई १० वर्ष कैद सजाय भएको छ।आमा ४० वर्षीया कुमारी सार्कीसँग मिलेर आफ्नै बुवा ४० वर्षीय धनबहादुर सार्कीको हत्या गरेको आरोपमा आमाछोरालाई प्रहरीले २०७७ चैत ३ गते पक्राउ गरेको थियो।जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको २०७९ पुस ६ गतेको इजलासले श्रीमान्को हत्यामा संलग्नता नरहेको भन्दै कुमारीले सफाइ पाएकी थिइन्। धनबहादुरको हत्या छोरा अनिलले गरेको ठहर गर्दै सजाय निर्धारणको लागि पेश भएक