बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो

बलेवा, २३ असार: बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो । खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासीले बताएका छन् । “रातको समयमा बाख्रा जोगाउन खोला […]

सम्बन्धित सामग्री

ताराखोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता

असार २३, बागलुङ । गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बगाउँदा बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा एक युवा बेपत्ता भएका छन् । लेदोसहितको बाढीले बगाउँदा ताराखोला गाउँपालिका–१ हिलस्थित घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की बेपत्ता भएको प्रहरी चौकी ताराखोलाका प्रमुख राजेन्द्र न्यौपानेले बताए । बाढीले खोला छेउमा रहेको बाख्रा फार्म बगाउन थालेपछि रातको समयमा जोगाउन फर्ममा पुगेको बेला कार्कीलाई बगाएको प्रहरी चौकी ताराखोलाका प्रमुख न्यौपानेले बताए । न्यौपानेले बाढीले ४१ ओटा बाख्रा पनि बगाएको बताए ।  पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले सञ्चालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ । बाढीसँगै खोलामा पानीको बहाब बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि बजार क्षेत्रका २५ घर परिवारलाइ राति नै सुरक्षित स्थानमा सारिएको छ । स्थानीय र प्रहरीले बेपत्ता कार्कीको खोजी गरिरहेको प्रमुख न्यौपानेले बताए ।

बाख्रा जोगाउन खोज्दा बाख्रासँगै भेलमा बगे कार्की

अविरल वर्षासँगै आएको बाढिले बगाउँदा  जिल्लाको ताराखोलाका एक युवा बेपत्ता भएका छन् । मंगबार राति परेको भारी वर्षासँगै आएको लेदो सहितको बाढीले ताराखोला गाउँपालिका– ३ हिल स्थित घुस्मेलीका १८ वर्षीय...