सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । ‘दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो । र चितवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको जनाएको हो । औद्योगिक […]
तीन दिने सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आगामी वैशाख २२ देखि २४ सम्म चितवनमा हुने भएको छ । चितवनका उद्योगीको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फुटेक्स ट्रेड फेयर एण्ड इभेन्टसको व्यवस्थापकीय साझेदारीमा सो महोत्सव हुन लागेको हो […]
काठमाडौं । ‘सातौं चितवन अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ वैैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको छ । चितवन उद्योग संघको आयोजना, नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी हुने भएको हो । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने खाँचो रहेको बताए । कठिन परिस्थितिमा समेत चितवन उद्योग संघले गर्ने अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने उनको भनाइ छ । प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनी नेपाली उद्यमीलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न, नयाँ उद्यमी जन्माउन सहयोग गर्न उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।
प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इञ्जिनीयरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन र सेवाका प्रदर्शनी हुने उनले जानकारी दिए । यी उद्योगलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी २०० भन्दा बढी स्टल रहने आयोजकको भनाइ छ ।
छैठौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८ आगामी पुस २, ३ र ४ गते आयोजना हुने भएको छ ।चितवन उद्योग संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २ सयभन्दा बढी स्टलहरु रहने जनाएको छ । उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेहरुलाई […]
चितवन उद्योग संघले नेपाल उद्योग परिसंघसँगको सहकार्यमा पुस २ देखि ४ गतेसम्म छैटौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्ने भएको छ । चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राट्रिय गरी...
चितवनमा कोरोना महामारीपछि पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ । चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा प्रदर्शनी हुने भएको हो । पुसको २, ३ र ४ गते चल्ने प्रदर्शनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० वटा स्टल हुने बताइएको छ । जसमा ३० वटा स्टल लघु, घरेलु तथा साना उद्योगीका लागि निःशुल्करूपमा छुट्याइएको छ ।कोभिड महामारीपछि दुई वर्षपछि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना हुन लागेको परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । उनले नेपा