धनगढीका व्यावसायिक सटर खाली

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्र धनगढीमा व्यावसायिक प्रयोजनका अधिकांश सटर तथा घर खाली हुन थालेका छन् । कोरोनापछि चुलिएको आर्थिक मन्दीका कारण दुई वर्षदेखि मुख्य सडक छेउछाउकै प्रायः सटर तथा घर खाली रहेका हुन् । विगतमा बजार क्षेत्रका घर तथा सटर एक दिन पनि खाली नहुने भए पनि अहिले भने दुई वर्षदेखि सटर भाडामा […] The post धनगढीका व्यावसायिक सटर खाली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भाडा वृद्धि र उच्च ब्याजले व्यवसायी पलायन हुने क्रम रोकिएन

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ। पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली हुन थालेका हुन्।आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले बताए।“भाडा वृद्धि, बैङ्कको उच्च ब्याजदर र  ऋणको किस्ता तिर्न नसक्दा २५ देखि ३० प्रतिशत व्यावसायिक सटर खाली भएका छन्,” उनले भने, &l

नारायणगढ र भरतपुरमा खाली हुन थाले सटर

२५ भदौ, चितवन । चितवनको व्यस्त बजार नारायणगढमा कुनै जमानामा व्यवसाय गर्न सटर पाउन निकै समस्या थियो । पुराना घरमा कसैले सटर खाली गर्न लागे लाखौं रकम सलामी तिरेर मात्रै पाइन्थ्यो । व्यापार राम्रो हुन्थ्यो । तर, हिजोआज बजार क्षेत्रका ब्यापारी भाडा बुझाउनसमेत नसक्ने अवस्थामा पुगेको बताउन थालेका छन् । कतिपय व्यवसायीले पसल छाडेर सटर […]

नगरपालिकाले कोठा भाडा नलगाउन निर्देशन दिन्छ, मान्दैनन् दलहरू

व्यावसायिक प्रयोजनमा लगाइएका सटर खाली गराउन एमाले, माओवादी केन्द्र, जनमोर्चा र राप्रपालाई ३५ दिने अल्टिमेटमसमेत दिइएको थियो । अल्टिमेटम दिएको बिहीबार ८७ दिन पुगेको छ । तर, हालसम्म पनि दलहरूले सटर खाली गराएका भने छैनन् ।

सहरी क्षेत्रमा व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेका ४० प्रतिशत सटर खाली

काठमाडौँ – अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी हुँदा सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका ४० प्रतिशत सटर खाली भएका छन्। पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रूपमा वृद्धि हुँदा व्यवसाय चलाउन नसक्दा व्यवसायी पलायन हुने क्रम बढेसँगै सहरी क्षेत्रमा व्यावसायिक सटर तथा गोदाम धमाधम खाली हुन थालेका हुन्। बजारमा देखिएको बैंकिङ तरलताका कारण […]

धमाधम सटर खाली

नेपालगन्जका मुख्य बजार क्षेत्रमा धमाधम सटर खाली हुन थालेका छन् । पहिलाको तुलनामा बजारमा रौनक घटेपछि सटर खाली हुन थालेका हुन् ।

पर्यटकीय नगरी पोखराका व्यस्त बजारमा सटर खाली

विगतमा पोखराको मुख्य चोकदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्ममा एउटा सटर पाउन वर्षौं कुर्नुपर्ने बाध्यता थियो । सटरका लागि अतिरिक्त पैसा बुझाउनुपर्ने बाध्यतामा व्यवसायी थिए । तर, हिजोआज पोखराका त्यही व्यस्त र मुख्य बजार क्षेत्रका सटर खाली छन् । व्यवसाय नचलेपछि व्यापारीले सटर खाली गरेर घरधनीलाई चाबी बुझाएका छन् । पछिल्ला दिनमा दैनिकजसो सटर खाली हुने क्रम […]

कोशी अस्पताल अगाडिका अनधिकृत संरचना भत्काइयो

कोशी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना विराटनगर महानगरपालिकाको टोलीले बिहीबार भत्काएको छ। अस्पतालले पटक पटक सटर खाली गराउन आग्रह गर्दै आए पनि व्यापारीले अनधिकृत संरचनामा रहेका सटरहरु खाली गरेका थिएनन्।

व्यापारीले भाडा नतिरेपछि ३५ दिनभित्र सटर खाली गर्न महानगरको सूचना

पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालय अगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । तर लामो समयदेखि व्यवसायीले भने भाडा बापतको रकम तिरेका छैनन् । तर महानगरले व्यवसायीसँग भाडा लिन सकेको छैन ।महालेखा परीक्षकले हरेक वर्ष उक्त भाडा असुल्न निर्देशन दिन्छ । तर महानगरले व्यवसायीबाट भाडा उठान सकेको छैन । यसैबीच भाडा नतिरेका व्यवसायीलाई सटर खाली गर्न महानगरले उर्दी जारी गरेको छ । एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र सटर खाली गर्न निर्देशन दिएको

व्यापारीले भाडा नतिरेपछि ३५ दिनभित्र सटर खाली गर्न महानगरको उर्दी

पोखरा – पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालय अगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ। तर लामो समयदेखि व्यवसायीले भने भाडा बापतको रकम तिरेका छैनन्। महालेखा परीक्षकले हरेक वर्ष उक्त भाडा असुल्न निर्देशन दिन्छ। तर महानगरले व्यवसायीबाट भाडा उठान सकेको छैन। यसैबीच भाडा नतिरेका व्यवसायीलाई सटर खाली गर्न महानगरले उर्दी […]

निषेधाज्ञा लम्बिएपछि व्यापारीले सटर खाली गर्न थाले

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञा लम्ब्याउँदै गएपछि व्यापारीहरूले आफूले व्यापार व्यवसाय गर्दै आएको सटर खाली गर्न थालेका छन् । जारी निषेधाज्ञाका कारण सटरको भाडा तिर्न समस्या भएको भन्दै व्यापारीहरूले सटर खाली गर्न थालेका हुन् । महामारी नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा पछिल्लोपटक १ साताका लागि थप गरेर आगामी असार ७ गते सम्मका लागि लम्बाइएको छ । सरकारले पटकपटक थपिरहेको निषेधाज्ञाको मारले सटर खाली गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताएका छन् । पछिल्लो १ साताभित्र काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, बुटवल, नेपालगञ्जलगायत करीब १५ सयभन्दा बढी व्यापारीहरूले सटर खाली गरेको र यो क्रम बढिरहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार यसरी सटर खाली गर्नेहरूमा करीब ५० प्रतिशत व्यापारी काठमाडौं उपत्यकाभित्रका रहेका छन् । काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू ठमेल, न्यूरोड, असन, इन्द्रचोक, कोटेश्वर, कलंकीलगायत स्थानमा सटर खाली हुने क्रम बढेको उनले बताए । सटर खाली गरेर जानेहरूमा धेरैजसो फेन्सी, जुत्ता चप्पल पसल र होटेल व्यवसाय गरिरहेका साना व्यापारीहरू रहेका छन् । गतवर्ष पनि लामो बन्दाबन्दीका कारण काठमाडौं उपत्यकाभित्र मात्रै व्यापारिक प्रयोजनका करीब ४० प्रतिशत सटर खाली भएको महासंघको तथ्यांक छ । गतवर्ष र अहिलेको निषेधाज्ञाबाट साना तथा मझौला व्यवसायीहरू नै सबैभन्दा बढी मारमा परेको बताउँदै अध्यक्ष कटुवालले सरकारले असार ७ पछि फेरि पनि निषेधाज्ञा लम्बाएमा आफूहरूले त्यसलाई प्रतिकार गरेरै भए पनि पसल व्यवसाय सञ्चालन गर्ने बताएका छन् । राष्ट्रिय व्यापार संघ न्यूरोडका महासचिव वैकुण्ठ दाहालले पनि सरकारले आगामी सातादेखि फेरि पनि निषेधाज्ञा लम्बाएमा आफूहरूले त्यसलाई बेवास्ता गर्दै व्यापार सुचारु गर्ने बताए । व्यापार व्यवसाय ठप्प राख्ने हो भने सरकारले घरभाडा छूट र बैंकको ब्याज मिनाहालगायत व्यापारीका माग पूरा गर्नुपर्ने बताइएको छ । काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूमा व्यापारीहरूले ठाउँअनुसार एउटा सटरको न्यूनतम २० हजारदेखि २ लाखसम्म भाडा तिर्ने गरेका छन् । गतवर्षको बन्दाबन्दी र अहिलेको निषेधाज्ञाका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करीब २२ प्रतिशत योगदान गर्ने र १७ लाखभन्दा बढी मानिसलाई रोजगारी प्रदान गर्ने साना तथा मझौला व्यवसाय यति बेला ठप्प छ भने सञ्चालनमा रहेकाहरू पनि पूर्ण क्षमतामा चल्न सक्ने अवस्था छैन । यसले गर्दा व्यवसायीहरूमा दिनप्रतिदिन निराशा बढ्दै गएको छ ।