नेपालमा मनाइने जात्रामध्ये लामो अवधि मनाइने रातो मच्छिन्द्रनाथको रथ तानेर कुमारीपाटी ल्याइएको छ । वैशाख शुक्ल पक्ष प्रतिपदाको साइतमा सुरु गरिएको उक्त रथ बुधबार कुमारीपाटी ल्याइएको हो । रथ तानेर लगनखेलमा पुगेपछि नरिवल खसालेर जावलाखेल पुगेपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउँदै जात्रा समापन गरिन्छ ।