नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा नेत्री रामकुमारी झाँक्रीले १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दल रोजेर एकीकृत समाजवादीमा आए मुख्यमन्त्री कायमै राखिने बताएकी छन् ।
‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ,’ नेत्री झाँक्रीले भनिन्, ‘उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैं खट्ने छौं ।’
नेत्री झाँक्रीले नेकपा एसका कारण सरकार विस्तारमा ढिलाइ नभएको बताइन् । शनिवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री झाँक्रीले सरकार विस्तार...