'प्रचण्ड'का लागि संघीय निर्वाचन क्षेत्र छोडेका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री (Chief Minister) मा नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गण्डकी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ७ र स्वतन्त्र १ गरी ३५ प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । गोरखा क्षेत्र नं २ मा सङ्घीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि संघीय क्षेत्र छोडेर क्षेत्र नं २ को प्रदेशसभा २ बाट चुनाव लडेका थिए । संघीय क्षेत्रबाट विजयी 'प्रचण्ड' प्रधानमन्त्री भएकै बेला प्रदेश सभाबाट विजयी पाण्डे मुख्यमन्त्री भएका छन् । पिता कृष्णराज र आमा योगेन्द्रकुमारीको कोखबाट २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसको भातृसंस्था नेविसङ्घमा आबद्ध थिए । विसं २०३७ मा अमरज्योति जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गरेका छन् । हाल तेस्रो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका उनले २०७४ सालमा राष्ट्रियसभामा सांसद रही पार्टीका तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारी बहन गरेका थिए । मुख्यमन्त्रीमा निर्वाचित भएसँगै उनले प्रदेशको समग्र विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताएका छन् । राससको सहयोगमा #ChiefMinister #Gabdaki #Province #AbhiyanDaily #AarthikAbhiyan

सम्बन्धित सामग्री

कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ: सुरेन्द्रराज पाण्डे

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले नेपाली कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । लमजुङ बेँसीसहर नगरपालिका- ८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने,’कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन ।; पार्टीको […]

गण्डकी प्रदेशमा मन्त्रीपिच्छे सयदिने फेहरिस्त

पोखरा । गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले गत २० साउनमा सय दिनको उपलब्धि ४६ बुँदामा सार्वजनिक गरिसकेको थियो । पाण्डे सरकारले कतिपय सानामसिना कामलाई पनि आफ्नो उपलब्धि ठान्दै सार्वजनिक गरेयता मन्त्रीहरुले समेतले सय दिने उपलब्धिको फेहरिस्त लगालग सार्वजनिक गर्न थालेका छन् । यसअघि, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले केही दिनअघि […] The post गण्डकी प्रदेशमा मन्त्रीपिच्छे सयदिने फेहरिस्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता शर्माले लिए शपथ

कास्की – गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार आयोजित एक समारोहमा उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले शपथ गराएका हुन्। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो। शर्मालाई बुधबार बसेको गण्डकी […]

मनाङेलाई सरकारमा नलैजाने सुरेन्द्रको योजना, सामाजिक विकासमा मनाङेको आँखा

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ताभित्र सरकारलाई पूर्णता दिने योजनामा छन् ।

सुरेन्द्रराज पाण्डे बने गण्डकीका नयाँ मुख्यमन्त्री

काठमाडौं : गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश  प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। नेकपा माओवादीले १० चैतमा आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका खगराज अधिकारीले गत शनिबार प्रदेशसभा बैठकमा भएको मत विभाज

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

गण्डकी प्रदेशः कांग्रेस संसदीय दलको नेतामा पाण्डे निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। प्रतिस्पर्धी भोजराज अर्याललाई १० मतले पराजित गर्दै उनी संसदीय दलको नेतामा विजयी भएका हुन्। संस्थापन पक्षीय पाण्डेले १८ मत र संस्थापनइतर समूहमा रहेका अर्यालले ८ मत पाएका छन्। २७ मतमध्ये एक मत बदर भएको छ। पाण्डे गोरखा २ ‘ख’ र अर्याल […]

कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्रराज पाण्डे विजयी

पोखरा : गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। आज भएको संसदीय दलको निर्वाचनमा उनले भोजराज अर्याललाई पराजित गरेका हुन्।उनले १८ मत प्राप्त गरे भने अर्यालले ८ मत ल्याएका थिए। एक भोट बदर भएको छ।

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

१३ पुस, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् । पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।