काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ। आज सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा प्रस्ताव पेस भएको हो। कांग्रेस, माओवादी र जसपाका तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्ताव पेस गरेका हुन्।