म्याग्दी : अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।दुर्घटनामा गोरखा बारपाक– ४ का अन्दाजी ३२ वर्षीय सन्तमान गुरुङको मृत्यु भएको छ।शुक्रबार दिउँसो करिब ३ बजे बागलुङबाट टेकमाइन नेटवर्कको सामान लिएर मुस्ताङ जाँदै गरेको बागमती प्रदेश ०३००१ च ०४२३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिए ।जीप सडकबाट करिब सात मिटर तल खसेको थियो । जीपमा चालकसहित ५ जना सवार थिए। अन्य चार सामान्य घाइते भएका