लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् ।
राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरूले प्रदर्शन गरेको जनाइएको छ ।
प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरूले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरूको सहयोगमा उनी प्रधानमन्त्री भएकाले उनी अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।