काठमाडौँस्थित यात्रुवाहक बसेमा छुटेको रु तीन लाख ५० हजार रकम आज प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ । आज बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको यात्रुवाहक बसमा उक्त रकम छुटेको थियो ।त्यसपछि शेर्पाले दिएको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त रकम फेला पारी धनीलाई फिर्ता दिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । महानगरीय प्