चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्समा नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र सिर्जना घिसिङले खेल्ने निश्चित भएको छ । खेल सन् २०२२ अक्टोबर ९ देखि १५ तारिखसम्म हुनेछ ।विश्व तेक्वान्दो महासंघको पत्र अनुसार पलेशागोवर्धन विश्वको नवौँ रङ्किङ र सिर्जना घिसिङ विश्वको १०औं रङ्किङ बरियतामा रहेकोले वाइल्डमार्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाए ।पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्स