मंगलबार राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिकहरुले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा जारी सुनुवाइ प्रक्रियालाई प्रमुख पृष्ठमा प्रमुखताका साथ छापेका छन् । यस्तै पत्रपत्रिकाले प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोल्न लागिएको, कोरोनाको नयाँ भेरियन्ट देखिएको, तराई शीतलहरका कारण जनजीवन कष्टकर बनेको, कोरोनापछि गरिबी बढेकोलगायतका समाचारलाई पहिलो पृष्ठमा प्राथमिकता दिएका छन् ।
कान्तिपुर दैनिकले सरकारले ‘वैकल्पिक सरकार’ बन्ने अवस्था नभएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरिरहेका...