खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगानी नागरिक गरिबीको रेखामुनि बाँचिरहेका एक सर्वेक्षणले देखाएको छ । तालिबानले गएकाे वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भइ खाद्यान्न अभाव बढेको छ ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) द्वारा युरोपेली सङ्घसँगको साझेदारी र समन्वयमा जारी गरिएको सर्वेक्षणअनुसार अफगानिस्तानको ९७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएको छ । बिजुली कटौतीका कारण देशका प्रमुख सहरको अर्थतन्त्रमा प्रभाव परेको, बिजुली अभावमा धेरै कारखाना बन्द भएका तथा रोजगारीका सीमित अवसर...