काठमाडौँ। गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन भएको छ। तीन विद्यार्थी संगठनले राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका हुन्।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यको रुपमा रहेको समाचार आएपछि विद्यार्थी नेताहरूले उनको राजीनामा माग गर्दै आन्दोलन थालेका हुन्।