अफगानिस्तानबाट अमेरिका नेतृत्वको पश्चिमी सैनिकहरू क्रमशः हट्दै गएपछि तालिबानले पकड बलियो बनाइरहेको अवस्था छ । त्यसै सन्दर्भमा अफगानिस्तानको भूरणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको वाखान कोरिडोरको चर्चा बाक्लिन थालेको छ । अफगानिस्तान, ताजिकिस्तान, पाकिस्तान र चीनसँग जोडिने भएकाले वाखान कोरिडोरको भूराजनीतिक तथा भूरणनीतिक महत्त्व उच्च छ ।
हुन त अफगानिस्तान देश आफैं नै मध्य एसिया र दक्षिण एसियाको बीचमा रहेकाले भूरणनीतिक रूपमा महत्त्वपूर्ण छ । तर त्यसको वाखान कोरिडोर (दहलीज) चाहिँ चीनसँग जोडिने भएकाले बढी महत्त्वपूर्ण बनेक...