फ्रिडम र ढोलाहिटी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – फ्रिडम ‘ए’ र ढोलाहिटी प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ ले किङ कम स्पोर्ट्स क्लबलाई १–० गोलले पराजित ग¥यो । राजकुमार घिसिङले निर्णायक गोल गरे । किङ कमका प्रताप शाक्य ‘म्यान अफ द म्याच’ […]

सम्बन्धित सामग्री

पहिलेकै झगडासँग जोडिएकाले ढोलाहिटी घटना भएको हो : प्रहरी महानिरीक्षक कुँवर

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ललितपुरको ढोलाहिटी घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।  प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति आजको बैठकमा सांसदहरूले संघीय राजधानीको मुटुमा यति ठूलो घटना भएको भन्दै जवाफ मागेका थिए...

ढोलाहिटी प्रकरण : बदलाको भावले दुई जनाको ज्यान गयो

काठमाडौं – होलीको दिन राति ललितपुरको ढोलाहिटीमा चक्कु प्रहार गरी दुई व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै सो घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका १८ मध्ये घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो ।    पाँचथरका पुजन राई र काठमाडौंका  रेवशको हत्यामा […]

ढोलाहिटी ग्याङफाइट : खाजाघर सञ्चालकले नै चक्कु हानेको खुलासा

लितपुरको ढोलाहिटी घटनामा खाजाघर सञ्चालकले नै दुई जनामाथि चक्कु प्रहार गरेको खुलेको छ ।

तकामी र फ्रिडम भिड्ने

तकामी र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडम फाइटर दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन्।...

तकामी र फ्रिडम भिड्ने

तकामी र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडम फाइटर दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन्।...

सम्पन्न हुँदै ढोलाहिटी–लेले सडक

काठमाडौं । निर्माण शुरू भएको ६ वर्षपछि ललितपुरको ढोलाहिटी–लेले सडक सम्पन्न हुने भएको छ । यो सडक तीन प्याकेजमा निर्माण भएकोमा अधिकांशको काम सकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । सुनाकोठीमा झन्डै ८०० मिटर सडक एकपटक कालोपत्र भइसके पनि खानेपानीको पाइप अण्डरग्राउन्ड रहेकाले पुन: भत्किएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । सडक विस्तारका लागि भएका सबै ठेक्काको अवधि बढीमा चैतसम्म रहेकाले उक्त समयसम्ममा निर्माण सम्पन्न गरिने सूचना अधिकारी जोशीले बताए । चौडाइ बढाउन तथा त्यहाँका संरचना हटाउन लामो समय लाग्ने देखिए पनि अब निर्माण छिट्टै सम्पन्न गरिने उनको भनाइ छ । ‘पर्खाललगायतका ेकाम पनि सकिएको छ, सरासर कालोपत्र गर्दा लामो समय लाग्दैन,’ उनले भने । सडक सबैतिर २० मिटर विस्तार गर्नेगरी सम्झौता भएकोमा गतवर्ष नै चापागाउँ क्षेत्रमा आधाभन्दा कम चौडाइमा ढलान भइसकेको छ । टाखेल–टीकाभैरव खण्डमा भने जंगल क्षेत्र र जग्गा उपलब्ध हुने हुँदा मापदण्डअनुसार नै चौडाइ कायम भएको छ । रासस

चापागाउँ ढोलाहिटी क्षेत्रको सडक अस्तव्यस्त

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवाससम्मको बाटो व्यवस्थित रहे पनि त्यसभन्दा माथि दक्षिण ललितपुरतर्फको सडकको अवस्था अस्तव्यस्त बनेको हो।...

अझै सकिएन ढोलाहिटी–लेले सडक निर्माण, अन्तिम पटक थपिएको म्याद चैत मसान्तमा सकिदैं

चैत १४, काठमाडौं । विस्तारका क्रममा रहेको ललितपुरको ढोलाहिटी–लेले सडक चैतसम्ममा पनि नसकिने देखिएको छ । अन्तिम पटक कोभिडका कारण चैत मसान्तसम्मका लागि अवधि थप गरिएको भएपनि स्थानीयस्तरमा समन्वय हुन नसक्दा अझै निर्माण पूरा नहुने देखिन्छ ।  केही दिन पहिले मात्रै सुनाकोठही सडकको चाँडो मर्मतको माग गर्दै कलाकार मदनकृष्ण श्रेष्ठलगायतका व्यक्तिले सडकमा प्रदर्शन गरेका थिए । सडकका विभिन्न खण्डमा सडक खाल्डाखुल्डी हुँदा यातायात आवागमन असजिलो भएको भन्दै स्थानीयवासीले पटक–पटक चाँडो निर्माण गर्न माग गर्दै आएका छन् ।  काठमाडौं उपत्यका सडक विस्तार आयोजना स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको बताएका छन् भने स्थानीयवासीले आयोजनाले विभिन्न बहानामा ढिलाइ गरेको आरोप लगाएका छन् ।  सडककै कारण दैनिक जोखिमयुक्त यात्रा गर्न परिरहेको चापागाउँकी सुमित्रा अधिकारीले बताइन् । पछिल्लो चार–पाँच वर्षयता आफू पटक–पटक स्कुटरबाट लडेर घाइते भएको उनले बताए । सडकमा भइरहेको अवरोधका कारण गन्तव्यमा पुग्न धेरै पटक ढिलाइ भएको उनले बताइन् । अघिल्लो वर्ष सडक बन्न शुरु भएकाले अब सजिलो हुने आशा गरेकी उनी पुनः सडकको उही हालत देख्दा दिक्क भएकी हुन् ।  उनले भनिन्, ‘अबको १०/१५ वर्षसम्म पनि सडक सुध्रेला जस्तो लागेन ।’ सडकमा निर्माणको काम गर्न पाउँदा निर्धारित अवधिमा काम सम्पन्न गर्न समस्या नभए पनि निर्माणस्थल खाली नहुँदा अझै लामो समय लाग्नसक्ने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए । उनका अनुसार सडकको समस्या समाधानकै लागि जनप्रतिनिधिसँग पटक–पटक बैठक भए पनि त्यसले निष्कर्ष निकाल्न सकेको छैन । एक पटक सहमति भयो भनेर काम गर्ने भन्यो तर काम गर्न थालेपछि समस्या आउने गरेको उनले बताए । सुनाकोठीमा पहिले निर्माण भएको खण्डमा रोलर प्रयोग हुन नपाएकाले सम्पन्न नहुँदै कालोपत्र उप्केको थियो । अहिले पनि सो स्थानमा रोलर चलाउन स्थानीयवासीले अनुमति दिने अवस्था छैन । केही समय पहिले आयोजनाले  रोलर नै चलाउन नपर्ने गरी ढलानको ठेक्का निकालेको प्रमुख ओझाले बताए । उनले भने, ‘पहिले सूचना निकाल्दा कसैले पनि आवेदन नदिएको पुनः सूचना निकालिएको छ ।’ ढलानका लागि पुनः गरिएको सूचनामा आवेदन नपरेमा आयोजना आफैँले सामान्य मर्मत गर्ने प्रमुख ओझाले बताए । उनका अनुसार आयोजनाले सामान्य खाल्डा टाल्ने काम मात्रै गर्न सक्छ ।  सुनाकोठीमा सडक निर्माण गर्नुपर्ने दुई खण्डमध्ये एउटा खण्डमा कालोपत्र र अर्कोमा ढलान गरिनेछ । पहिले कालोपत्र गरिएको खण्डमा सडक बिग्रिएकोमा पुनः गर्न लागिएको हो । सुनाकोठीको भित्री बस्ती क्षेत्रमा पर्ने यी दुवै खण्डमा काम गर्न सजिलो नभएको आयोजना प्रमुख ओझाले बताए ।  चालू ठेक्कामा निर्माण व्यवसायीले काम गर्दा पहिले विग्रिएको ठाउँमा मर्मत गर्ने उनले जानकारी दिए । उनले भने, ‘पहिले सम्पन्न भइसकेको ठेक्कामा नयाँ ठेक्कबाट गर्नुपर्छ ।’ सुनाकोठीका खाल्डा बढी बढी भएको खण्डमा अहिले मर्मतको काम एक सातामा सकिने आयोजनाले जानकारी दिएको छ ।  सडक विस्तारका घर भत्काउन, विस्तार र नाली राख्नका लागि सो खण्डमा ठाउँ नदिइएकाले जति उपलब्ध छ त्यतिमा नै कालोपत्र गर्ने उनले बताए । उनले भने, ‘सकेसम्म यही महीनाभित्रमा पिच गरिसक्न लागेका छौँ ।’ ढोलाहिटी–लेले सडक ठाउँ ठाउँमा निर्माणको काम बाँकी छ । खासगरी बस्ती क्षेत्रमा बढी समस्या रहेको आयोजना प्रमुख ओझाले बताए । विस्तारका लागि ठेक्का भए पनि सुनाकोठी–चापागाउँ खण्डमा विस्तारको काम गर्न नसकिएको आयोजना प्रमुख ओझाले बताए । चापागाउँबाट टिकाभैरबसम्म जंगल क्षेत्रमा निर्माणको काम झण्डै अन्तिम चरणमा छ । उनले भने, ‘केही खण्डमा समस्या भए पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको छ ।’ ढोलाहिटी–लेलेसम्मको सडक चैतसम्मको अवधि भए पनि काम गर्न नपाउँदा अवधि थप चाहिन सक्छ । विगतमा पटक–पटक अवधि थप भएकामा पनि निर्माण कम्पनीले काम गर्न नपाएका कारण पुग्दा अवधि थपिन सक्छ । रासस

पाँच वर्षसम्म पनि अस्तव्यस्त ढोलाहिटी–लेले सडक

निर्माण शुरु भएको पाँच वर्ष बितिसक्दा पनि ललितपुरको ढोलाहिटी–लेले सडक पूरा भएको छैन । ढोलाहिटीबाट टाखेलसम्मको सडक कालोपत्र भए पनि टाखेलबाट लेले खण्डमा निर्माण बाँकी छ । टाखेलबाट टीकाभैरबसम्म जङ्गल क्षेत्रमा मापदण्डानुसार सडक निर्माणका लागि निर्माणस्थल खाली भइरहेको काठमाडौँ चक्रपथ विस्तार आयोजनाले जनाएको छ । सो क्षेत्रमा अहिले भित्तामा ‘कटिङ’ र ग्राभेलसम्मको काम गर्न लागिएको …

ढोलाहिटी- चापागाउँ सडकका खाल्डाखुल्डी पुर्ने सहमति, कालोपत्रे अझै अन्योल

काठमाडौं । ढोलाहिटी-चापागाउँ सडकमा भएका खाल्डाखुल्डी पुर्ने सहमति भएको छ । सडक विभागमा बिहीबार सडक विस्तार