कालो चिबे चरा लोप हुँदै

हिमाली जिल्ला मुगुको सामुदायिक र मध्यवर्ती वन क्षेत्रमा सहजै देखिने कालो चिबे चरा हाल निकै कम मात्रामा देखिने गरेको छ । समुदायले दिनप्रतिदिन रुख कटान गर्न थालेपछि कालो चिबे चरा र अन्य प्रजातिका चरा कम देखिएका हुन् । छायानाथ रारा नगरपालिका–६ को सामुदायिक वन र मध्यवर्ती वन क्षेत्रमा गुँड लगाएर बस्ने उक्त चरा जलवायु परिवर्तनका कारण र वन क्षेत्र संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको स्थानीय अमरबहादुर कार्कीले बताउनुभयो । केही वर्ष पहिलेसम्म कालो चिबे चरालगायत रातो जुँगे जुरेली, आकासे चरी, स्वर्ग चरी, सिउरे बगडी चरी वन क्षेत्रमा सजिलैसँग देख्न पाइन्थे तर पछिल्ला दिनमा यी चरा देखिन छाडेका छन् ।

सम्बन्धित सामग्री

विद्यार्थीलाई चरा चिनाउने अभियान

झापा, २४ भदौ । दुई दशकअघिसम्म तराईका अग्लाअग्ला सिमलका रुखमा प्रशस्त गुँड बनाएर चल्ला कोरल्ने गिद्ध र भुँडीफोर गरुड चरा अब लोप हुँदै गएका छन् । बासस्थान र आहाराको स्रोत मासिएसँगै पूर्वी तराईमा यी चरा हराउँदै गएको विज्ञहरु बताउँछन् । यस्तै लोपोन्मुख चराको संरक्षण गर्न चरा तथा वन्यजन्तु संरक्षण समाजले झापा र इलाममा अभियान सुरु […]

गिद्ध संरक्षणमा बेवास्ता

डडेल्धुरा । डडेल्धुरामा करिब १५ वर्ष अघि ठूलो संख्यामा देखा पर्ने गिद्ध पछिल्लो समय लोप हुँदै गएका छन् । लोप हुँदै गएका प्रकृतिका कुचिकारको रुपमा रहेका चरा प्रजाती गिद्ध हिजो आज गाउँघर तिर निकै कम संख्यामा देखिन थालेका हुन् । जिल्लाका ठूला पहाड, भीरपाखामा दैनिक जसो सहजै देखिने गिद्ध पछिल्लो समय दिन प्रतिदिन वातावरण असन्तुलित […]

कहाँ हराए दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?

म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्योपिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।मलाई त्यो देखि हृदयबीच लाग्यो किरकिरीचरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।आजभन्दा ८५ वर्ष अगाडि कवि शिरोमणि लेखनाथ पौड्यालले गौँथलीको विशेषता वर्णन गर्दै लेखेको यो कविताले लोप हुँदै गएका गौँथलीको सम्झना दिलाउँछ ।मानववस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका विविध कारणले गर्दा गौँथली लोप हुने अवस्थामा पुगेका छन् । म्याग्दीका ग्रामीण भेगमा पक्की घर बनाउने लहर चल्दै जान थालेपछि अहिले गौँथली देख्नै मुस्किल हुने गरेको चरा विशे...

देख्नै छाडियो खर मजुर

विश्वबाटै लोप हुँदै गरेको चरा ‘खर मजुर’ पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज र यसवरपरका वन क्षेत्रमा देखिन छाडेको छ । चराका क्षेत्रमा क्रियाशील संस्था बर्ड कन्जरभेसन नेपालले पछिल्लो पटक गरेको सर्वेक्षणले निकुञ्ज र यसवरपरका वन क्षेत्रमा ‘खर मजुर’ लोप हुँदै गरेको देखाउँछ । बर्ड कन्जरभेसन नेपालकी इसिना थापा पछिल्लो गणनामा चितवनमा ‘खर मजुर’ मुस्किलले एकचोटि क्यामरा ट्र्यापिङमा परेको बताउनुभयो ।

रारामा लोप हुँदै रैथाने फूल, चरा र वन्यजन्तु

रारा रािष्ट्रय निकुञ्जअन्तर्गत राराताल वरिपरि फूल्ने २५ प्रकारका फूल, १२ प्रजातिका चरा र १६ प्रजातिका वन्यजन्तु लोप भएका छन् । रारा राष्ट्रिय निकुञ्जले ५ वर्षअघि गरेको अध्ययनअनुसार रारा ताल आसपास १ सय ६५ किसिमका वन्यजन्तु, ३ सय २ प्रजातिका चरा र १ सय ६३ प्रजातिका फूलहरू पाइन्थे ।

नेपालमा २२ प्रजातिका चरा लोप, तराईमा भँगेरा लोप हुँदै

धनुषालगायत तराईका घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल निकै कम देखिने गरेको छ । बढ्दो तापक्रम र मानिसले मासुकोरुपमा प्रयोग गर्न थालेपछि भँगेरा कम देखिएका हुन् ।