खोटाङ : नेपाल कम्युनिष्ट पार्टी एमालेको मंसिर १० गते चितवनमा हुने दशौं महाधिवेशनका लागि खोटाङबाट १८ प्रतिनिधि छनोट भएका छन्।एमालेले आज जिल्लाबाट १८ जना महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको हो।एमाले खोटाङका पार्टी इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्णबहादुर घले र नेपाल खेलकुद महासंघका अध्यक्ष रमेशकुमार पौडेल स्वतः महाधिवेशन प्रतिनिधि भएका एमालेका खोटाङ जिल्ला कमिटी स