एमसिसीको सहयोगमा निर्माण हुने प्रसारणलाइनका लागि बोलपत्र आह्वान

काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ। एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो। एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ। लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन […]

सम्बन्धित सामग्री

नेपालगञ्ज आईसीपी सञ्चालन जिम्मा टीआरएस एटलसलाई

काठमाडौं। निर्माणको अन्तिम चरणमा रहेको नेपालगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालन तथा व्यवस्थापन गर्न निजी कम्पनी छनोट गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपी सञ्चालनका लागि टीआरएस एटलस लोजिपार्क प्रालिलाई छनोट गरेको हो । समितिले आईसीपी सञ्चालनका लागि २०८० असार ११ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । आईसीपी सञ्चालनको उक्त बोलपत्र आह्वानमा उक्त कम्पनीसहित भाटभटेनी, काठमाडौं र ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि सहभागी भएका थिए । त्यसमध्ये संयुक्त लगानीको टीआरएस एटलस लोजिपार्क प्रालिसँग सम्झौता भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । सम्झौता अनुसार उसले ५ वर्ष आईसीपी सञ्चालन गर्नेछ ।  भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन आईसीपीमा भौतिक संरचना निर्माणको कार्य सम्पन्न भइसकेको उनले बताए । उनका अनुसार हाल पानी ट्यांकी, सीसीटीभी जडान, नेटवर्किङ, फायरफाइटिङ प्रणालीलगायतको काम भइरहेका छन् । २०७७ असोज २६ गते उक्त आईसीपी निर्माण शुरू भएको थियो । नेपालको अन्तरराष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले निर्मित नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएको पनि गजुरेलले बताए ।  समिति र कम्पनीबीच भएको करार सम्झौताअनुसार एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन उक्त कम्पनीले गर्नेछ । हालसम्म मुलुकमा आठओटा यस्ता पोर्ट रहेको र सबै प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट भएका निजीक्षेत्रका कम्पनीहरूमार्फत सञ्चालन भइरहेको उनको भनाइ छ । ‘यसबाट सेवाको स्तर वृद्धि भएको छ,’ उनले दाबी गरे, ‘राज्यको आम्दानी पनि बढेको छ भने अन्तरराष्ट्रिय अभ्यास हेर्दा पनि यस किसिमका पोर्टहरू निजीक्षेत्रमार्फत सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन भएको पाइन्छ ।’

काँकडभिट्टा आईसीडी सञ्चालन

नवनिर्मित काँकडभिट्टा सुक्खा बन्दरगाह (आईसीडी) आइतवारबाट नेपाल इन्टरमोडल विकास समिति आफैले सञ्चालन गरेको छ । यसअघि उक्त बन्दरगाह सञ्चालन गर्न दुई पटकसम्म अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । समितिले आह्वान गरेको पहिलो बोलपत्रमा तीनवटा कम्पनीले आवेदन गरे पनि कुनै पनि कम्पनी छनोट हुन सकेनन् । दोस्रोपटक भने एउटै आवेदन परेन । त्यसपछि अहिले ३ महिनाका लागि समिति आफैले सो बन्दरगाह सञ्चालन गर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाले अभियानलाई बताए । ‘केही समयपछि पुन: अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने । नेपाल सरकार र ऋण प्रदायक संस्था एशियाली विकास बैंक (एडीबी) बीच सन् २००५ जनवरीमा भएको सम्झौतामा बन्दरगाहको निर्माण सम्पन्न भएपछि समितिलाई हस्तान्तरण गर्ने उल्लेख छ । निर्माण कम्पनीले असोज १३ गते नै उक्त बन्दरगाह सरकारलाई  हस्तान्तरण गरेको थियो । साढे सात हेक्टर क्षेत्रफलमा फैलिएको उक्त बन्दरगाह एडीबीको ३९ करोड ३० लाख रुपैयाँ ऋण सहयोगमा निर्माण भएको हो । सम्झौतामा समितिले अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी छानिएको कम्पनीलाई सञ्चालनको जिम्मा दिने उल्लेख छ । पछिल्लो केही समयदेखि समितिले नै सञ्चालन  गर्ने वा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भए पनि हालका लागि समितिले आफै सञ्चालन गरेको हो । वर्ष ६, अंक ३३, आइतवार, २४ असोज २०६७

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि बोलपत्र

अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण […]

एमसीसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि बोलपत्र आह्वान

अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि बोलपत्र

काठमाडौँ,१२ मँसिर । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ […]

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि बोलपत्र

अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।त्यस्तै, रातमाटे(दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण ल

मुग्लिन–पोखरा सडक विस्तार : पश्चिम खण्डमा काम अघि बढ्यो

माघ ३, कास्की । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौंसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।  एशियाली विकास बैंक (एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनाले काम अघि बढाएको हो ।  पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय स्थापना गरिएको छ ।  यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय हाल गुणादीमा रहेको छ । योजनाको पश्चिम खण्डमा अहिले लगत लिएर बोट बिरुवा कटानको काम शुरु भएको सो खण्डका योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार योजना क्षेत्रमा पर्ने रुख कटानका लागि विभागीय स्वीकृतिपछि हाल कटानको काम धमाधम भइरहेको छ । जामुनेदेखि यताको क्षेत्रमा तीन हजार १६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार ८०० ओटा कटान गरिएको छ । सेतीनदी पुलदेखि कोत्रेसम्म एक हजार २७१ रुख काट्ने योजना छ । यस क्षेत्रमा स्वीकृत प्राप्त भएकाले केही दिनमै कटान शुरु गरिने योजना प्रमुख श्रेष्ठले जानकारी दिए । योजना प्रमुख श्रेष्ठले भने, ‘पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम शुरु गर्न केही ढिलाइ भए पनि अहिले पहिलो चरणमा रुख कटान शुरु गरेका छौँ । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन शुरु गछौँ ।’ पश्चिम खण्डको तुलनामा पूर्वी खण्डको काम केही अघि बढेको बताइन्छ । रुख कटानसँगै विद्युत्का पोल हटाउनका लागि प्राधिकरणले लगत संकलनको कार्य अगाडि बढाएको बताइन्छ ।  यसका साथै राजमार्ग विस्तारका क्रममा सडक मापदण्डमा पर्ने घरटहरा हटाउने कार्यसमेतसँगै अघि बढाउने योजनाको तयारी छ । अहिले घरटहराको लगत लिने काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए । राजमार्ग विस्तार गरेर चार लेनको बनाउने योजना रहेपनि पश्चिम खण्डको सबै केही स्थानमा भने छ लेन बन्ने भएको छ । योजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म ६ लेन हुनेछ । तल्लो गगनगौँडादेखि गाछेपानी (हलेदी झोलुङ्गेपुल) चार लेन, गाछेपानी–खैरेनीटार बजार छ लेन र खैरेनीटारदेखि जामुनेसम्मको खण्ड चार लेनको बन्नेछ । विस्तार गरिएको छ लेनको सडक फुटपाथसहित ४३ मिटरको हुनेछ । जसमा बीचमा डेढ मिटरको डिभाइडर रहने योजना कार्यालयका प्रशासन प्रमुख जीवनाथ शर्मा मरासिनीले जानकारी दिए । उनका अनुसार डिभाइडरमा फूल रोपेर सडकको सौन्दर्य वृद्धिको योजना छ । पश्चिम खण्डलाई रू. सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनी गत वर्ष जेठमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ । योजना आगामी ४२ महीनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको उनले बताए ।  सम्झौतामा पोखराको विजयपुर पुल, कोत्रे नदी पुल, कुम्लेखोला पुल र म्याग्देखोलामा नयाँ पुल निर्माणसमेत समेटिएको बताइन्छ । पोखराको सेती नदी पुल र दमौलीस्थित मादी नदी पुलका लागि थप बोलपत्र आह्वान गरेर काम अघि बढाइने योजनाले जानकारी दिएको छ । रासस

बेँसीसहर–चामे सडक कालोपत्र शुरू

लमजुङ । ट्र्याक खोलेको करिब ३ दशकपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो ।      २०५१ सालमा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्र्याक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए । ‘सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ,’ उनले भने । पाँच दशमलव पाँच मिटर सडक, एक दशमलव एक मिटरको नाली तथा एक मिटर चौडाइको पैदल बाटो निर्माण भइरहेको छ । सो काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । पहिलो चरणको काम आगामी असारसम्ममा सकिनेछ । आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्नेगरी गत असारमा सम्झौता गरेको हो । सो कार्यका लागि कुल ५२ करोड ९६ लाख रुपैयाँ खर्च हुने अधिकारीले जानकारी दिए । बर्खाका कारण असोजदेखि मात्र काम शुरू भएको आयोजनाले बताएको छ । बेँसीसहरदेखि खुदीसम्मको करिब साढे सात किलोमिटर सडक खण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि चाँडै बोलपत्र आह्वान गरिने भएको छ । खुदीबाट मनाङसम्म सडकको ट्र्याक नेपाली सेनाले २०६९ सालमा खोलेर डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको हो । उक्त ६५ किलोमिटर लामो सडकले लमजुङ र मनाङलाई जोडेको छ । लमजुङतर्फ ३५ किलोमिटर तथा मनाङतर्फ ३० किलोमिटर सडक पर्छ । रासस

ट्रयाक खुलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै

पुस २९, जमजुङ । ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो ।  विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करीब ७ दशमलव ८ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारी दिए ।  उनले भने, ‘सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ ।’ पाँच दशमलव पाँच मिटर सडक, एक दशमलव एक मिटरको नाली तथा एक मिटर चौडाइको पैदल बाटो निर्माण भइरहेको छ । सो काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ ।  पहिलो चरणको काम आगामी असारसम्म सकिने छ । आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्ने गरी गत असारमा सम्झौता गरेको हो । सो कार्यका लागि कुल रू. ५२ करोड ९६ लाख खर्च हुने अधिकारीले जानकारी दिए । वर्खाका कारण असोजदेखि मात्र काम शुरु भएको आयोजनाले जानकारी दिएको छ । बेँसीसहरदेखि खुदीसम्मको करीब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि चाँडै बोलपत्र आह्वान गरिने भएको छ ।  खुदीबाट मनाङसम्म सडकको ट्रयाक नेपाली सेनाले २०६९ सालमा खोलेर डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको हो । उक्त ६५ किलोमिटर लामो सडकले लमजुङ र मनाङलाई जोडेको छ । लमजुङतर्फ ३५ किलोमिटर तथा मनाङतर्फ ३० किलोमिटर सडक पर्छ । रासस

तमोरमा जलाशययुक्त आयोजना अघि बढाउँदै प्राधिकरण

७ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तमोर नदीमा जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अघि बढाउन लागेको छ । प्राधिकरणले हालैमात्र यसको विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर ) निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । यो आयोजनाको डीपीआर एशियाली बिकास बैंक (एडीबी) को सहयोगमा बन्न लागेको छ । यसको डीपीआर निर्माणका लागि …