कांग्रेस महामन्त्री समेत रहेका काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापा आफूले भोट माग्दै गर्दा जनतासामू झुटा कुरा नगरेको बताउँछन् । राजनीतिको मुहान ठिक गर्न आफू चुनावी मैदानमा आएको भन्दा मतदाताले सकारात्मक लिएको थापाको भनाइ छ । हाल आफ्नो निर्वाचन क्षेत्रमा मत माग्न व्यस्त थापासँग रातोपाटीले गरेको चुनाव केन्द्रित कुराकानीःमत माग्न चुनावी घरदैलोमा व्यस्त हुनुहुन्छ । मतदाताको घरदैलोमा जाँदा कस्तो प्रतिकृया पाइरहनुभएको छ ?म झुक्किएको हो भने थाहा छैन । मैले यो भन्दा अगाडिको न