१७ माघ, काठमाडौं। स्पेनिस टेनिस खेलाडी राफेल नाडालले आइतबार मेलवर्न पार्कमा सम्पन्न अष्ट्रेलियन ओपनको फाइनलमा रसियन डानिएल मेदभेदेभलाई हराएर २१औं ग्राण्डस्लाम उपाधि जित्ने कीर्तिमान बनाए । दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि उचालेका नाडाल २१औं ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी बने । उनले अर्का दुई प्रतिस्पर्धी स्वीट्जरल्याण्डका रोजर फेडेरर र सर्वियाका नोभाक जोकोभिच भन्दा १ उपाधि बढि […]