इलाम : नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले देश ठीक दिशातर्फ अघि बढिरहेको बताएका छन्। उनले नयाँ संविधान जारी भएर दोस्रो पटक भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भइरहनुले देशलाई राम्रो निष्कर्षमा पुर्याउने विश्वास लिएको बताए।इलाम क्षेत्र २ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेम्वाङले आज गृहजिल्ला इलामको आफैंले विद्यार्थीकालमा अध्ययन गरेको महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र ‘ग’मा मतदान गरेपछि पत्रकारहरूसँग यस्तो बताएका हुन्।देशमा