धरानका मेयर हर्क साम्पाङले श्रमदान गरेर ल्याएको भालु खोला र सेउती खोलाको मुहान क्षेत्रमा छाला प्रशोधन उद्योग, वंगुर र कुखुरा फर्म भएको खुलेपछि वडा नं १५ का बासिन्दाहरुले तत्काल उक्त स्रोतको पानी वितरण बन्द गर्न माग गरेका छन्।...
काठमाडौं । साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरू वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि शुरू हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ ।
‘पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो,’ टौदह संरक्षणमा लागि परेका रामप्रसाद आचार्य भन्छन्, ‘बर्खामा वरपरका जमीनबाट रसाएर पुग्ने पानीबाटै टौदह भरिने गर्छ, त्यसकारण यसमा पानीको सतह बर्खामा बढ्ने र हिउँदमा घट्छ ।’ हाल पानी भरिएको र आसपासको डिल क्षेत्र झण्डै ९२ रोपनीको छ । तर कुनै बेला पानीले ढाकेका स्थानमात्रै ११२ रोपनी थियो, जसको प्रमाण अहिले पनि वरपरका खेतमा भेटिने तालको सीमाका पिलर अझै भेटिने गरेको उनको भनाइ छ ।
बर्खा र हिउँदको यही चक्रबीच बागमतीको पश्चिमी किनारामा रहेको टौदहलाई अहिले कीर्तिपुर नगरपालिकाको वडा–६ अन्तर्गत पर्ने भू–भागबाट बगेका पानीले भरिदिन्थ्यो । हिउँद र सुक्खायाममा सतह घट्दै जान्थ्यो र अर्को वर्षामा फेरि उसैगरी सतह बढ्ने क्रम हुन्थ्यो । करीब दुई दशकयता टौदहमा पानी प्रवाह गर्ने जमीनमाथि कंक्रिट संरचना थपिँदै छन्, जसले स्वाभाविक रूपमा टौदहमा जमीन रिचार्ज भएर पुग्ने पानीलाई कम गराउँदै छन् ।
कीर्तिपुुर नगरपालिकाकै धनी वडा मानिने त्यस क्षेत्रमा प्राकृतिक मुहान मानवबस्तीमा खानेपानी पुर्याउनकै लागि ठिक्क बन्दै छन् । नजिकैको खहरे खोला जस्ता स्रोतका पानीमा प्रदूषण बढ्दै जाँदा टौदहमा हुल्न नमिल्ने बन्दै छन् ।
‘खहरे खोलाबाट पानी ल्याउन पनि मुहान आसपासका उद्योगका दूषित पानी मिसिएका कारण जोखिम छ । विगतमा जस्तो वर्षामा परेको पानी सतहको जमीनबाट सोझै दहमा जाओस् भन्न पनि सकिन्न,’ आचार्य भन्छन्, ‘घनाहुँदै गरेको बस्तीबीचबाट बग्ने वर्षे पानी प्रदूषित हुने र सोझै दहमा पठाउँदा दह आश्रित माछा, जलचर, चराचुरुंगी लगायत प्राणीलाई असर पुग्न सक्छ ।’ कुनै पनि कारण दहको पर्यावरण खलबलिएमा टौदहको अस्तित्व नै खतरामा पर्ने उनको चिन्ता छ । रासस
म्याग्दी : सदरमुकाम बेनी बजारसँगै जोडिएको एक गाउँका बासिन्दा खानेपानी अभावमा दुई महिनादेखि काकाकुलको नियति भोगिरहेका छन्।म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा रहेका २८ वटा धारामा जेठ अन्तिम सातादेखि पानी नआएपछि स्थानीय खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका हुन्।गत जेठ २८ गते मरुवा र उपल्लो खन्ना क्षेत्रबाट खसेको पहिरो र बांगे छहरोमा आएको बाढीले खानेपानीको पाइन लाइन र दुधेखोलाको मुहान बगाइदिए पछि बगरफाँटमा खानेपानीको समस्या भएको स्थानीयले बताएका छन्।पहिराले खानेपानीको मुहान र पाइपला
दैलेखको पञ्चदेव विनायक नगरपालिका ५ का बासिन्दा कर्णाली नदीको दूषित पानी पिउन बाध्य छन् ।
गाउँमा शुद्ध पिउने पानीको मुहान र ट्यांकीलाई गत असारमा आएको पहिरोले पुरिदिएपछि कर्णाली नदीको दूषित पानी पिउन थालेका हुन् ।
गाउँभन्दा तल कर्णाली नदी भएकाले बिहान र बेलुकापख नदीबाट पानी ल्याउनेको लर्को लाग्ने गरेको छ ।
यो आली गाउँका बासिन्दाको रहर नभई बाध्यता रहेको राजधानी दैनिकमा भक्तबहादुर शाहीले खबर लेखेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् ।
तेइस वर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाइ आयोजनाको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा रहेको मुहान सुकेपछि पानी आपूर्ति हुन नसकेको बताए ।
“एक सय ४३ घरधुरीका करिब आठ नौ सय र मण्डली आधारभूत विद्यालयका विद्यार्थी खानेपानी अभावमा प्रभावित भएका छन्”, उनले भने, “मुहान सुकेपछि खोलाको पानी ल्याएर बाँडेका छौँ । फोहोर पानीले...
माझी बस्तीमा खानेपानी अभाव – ओखलढुंगाको सुनकोसी गाउँपालिका–१ ढेबुवाघाटका माझी समुदाय वर्षौँदेखि सुनकोसी नदीको दूषित पानी पिउन बाध्य छन् । स्थानीय माझी समुदायले पिउने खानेपानीको मुहान सुकेपछि विगत नौ वर्षदेखि...पूरा पढ्नुहोस् »
पाँचथर– अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा अहिले त्यस ठाउँमा खानेपानीको हाहाकार भएको छ।
पहिरोले हिलिहाङ...
साउन १२ । दाङका स्थानीयवासी वर्षायामसँगै दूषित पानी पिउन बाध्य भएका छन् ।
राप्ती गाउँपालिका– ५ पुनखोला र करंगेकोटवासी खानेपानीको मुहान संरक्षण नहुँदा दूषित पानी...