गाउँको पूर्वतर्फ पर्सा राष्ट्रिय निकुन्ज र पश्चिम–दक्षिण तथा उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्जको घनाजंगल छ । बीचमा करिब २ सय बिघा खाली जग्गामा जंगली टापुजस्तो गाउँ । ठोरी गाउँपालिका–३ मा रहेको यो सिकारीबास गाउँका बासिन्दालाई अहिले धान बाली जोगाउने चिन्ता छ ।