रञ्जु दर्शनाले काठमाडौं ५ बाट संसदको चुनाव लड्ने

२५ जेठ, काठमाडौं । २०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । ‘काठमाडौं ५ बाट उम्मेदवारी दिन्छु’, उनले अनलाइनखबरसँग भनिन्, ‘स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेकी छु, दलबाट होइन ।’ विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार […]

सम्बन्धित सामग्री

काठमाडौं ५ : चर्चाबाहिर रञ्जु दर्शना, २ हजार भोट गन्दा सेलरोटीलाई कति ?

काठमाडौं । पाँच वर्षअघि स्थानीय चुनावमा तहल्का पिटेकी युवा नेतृ रञ्जु दर्शना यसपालि संघीय चुनावमा सहभागी छिन् । काठमाडौं ५ बाट उम्मेदवारी दिएकी उनी प्रतिस्पर्धामा भने निकै पछाडि देखिएकी छन् । अघिल्लो स्थानीय चुनावमा विवेकशील नेपाली पार्टीबाट मेयरमा उम्मेदवारी दिएकी रञ्जुको सामाजिक सञ्जालमा अत्यधिक चर्चा भएको थियो । उनले चुनाव नजिते पनि २३ हजारभन्दा बढी […]

काठमाडौं ५ मा प्रदीप पौडेलको निरन्तर अग्रता, पछ्याउँदै ईश्वर पोखरेल

काठमाडौं : काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम गरेका छन्। सुरुवाती मतगणनाबाट उनले निरन्तर अग्रता कायम गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछ्याउँदै छन्। ९०० मत गनिसक्दा पौडेलको पक्षमा २४२ मत खसेको छ। यसैगरि पोखरेलले २१० मत पाएका छन्। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु रञ्जु दर्शना, श्री गुरुङ, प्रणयशम्शेर…

काठमाडौं ५ मा मतगणना शुरु

काठमाडौं : काठमाडौं ५ मा मतगणना शुरु भएको छ। बसुन्धरास्थित त्रिसमाज भवनमा मतगणना थालिएको हो। काठमाडौं ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर राणा, स्वतन्त्रबाट रञ्जु दर्शना, श्री गुरुङ, हेमराज थापालगायत प्रतिस्पर्धामा छन्।

काठमाडौं ५ मा मतगणनाबारे विवाद, दिउँसो १ बजे सुरु हुने

काठमाडौंं क्षेत्र नम्बर ५ मा मतगणना प्रक्रियाबारे दलका प्रतिनिधिहरूबीच विवाद भएको छ । विवाद मिलेपछि दिउँसो १ बजेदेखि मतगणना हुने भएको निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

केही व्यक्ति स्वतन्त्रको खोल ओढेर आएका छन्ः रञ्जु दर्शना (भिडिओसहित)

काठमाडौं, ७ कात्तिक । काठमाडौं ५ को स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले आफूहरु दलहरुलाई समाप्त पार्नभन्दा पनि सच्चाउन आएको बताएकी छन् । ‘हामी दलीय व्यवस्था समाप्त पार्न होइन, दलहरुको विकल्प दिन आएका हौं । दलहरुले आफैं सुध्रिए पुग्छ । अनुशासनमा बसे पुग्छ । म हरेक नागरिकको मनमा शान्ति, मुहारमा कान्ति दिने र गौरव गर्न सक्ने सांसद […]

रञ्जु दर्शना काठमाडौं ५ बाट चुनाव लड्ने

काठमाडौं । रञ्जु दर्शना काठमाडौं ५ बाट निर्वाचन लड्ने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएकी हुन् । “तपाईंहरुले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उमेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ,” उनले सामाजिक सञ्जालमार्फत् भनेकी छन्, “आज आधिकारिकरुपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित...