काठमाडौँ- दैलेखको नारायण नगरपालिका- १ मा बसोबास गर्ने नागरिकको मृत्यु भएमा वडाले मृतकको परिवारलाई १५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। वडा नम्बर एकले सूचना जारी गर्दै यस्ताे जनाएकाे हाे। नवनिर्वाचित जनप्रतिनिधिको प्रथम बैठकअनुसार यस्तो निर्णय गरिएको सूचनामा बताइएकाे छ।