टिकटक बनाउँदा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एकजना बेपत्ता

सल्यान : सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवा कुपिण्डे तालमा बेपत्ता भएका छन्। जिल्लाको कपुरकोट गाउँपालिका-६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका-६ बस्ने अन्दाजी ३७ वर्षको वेदबहादुर बस्नेतले बेपत्ता भएका हुन्।साथीहरूसँग तालको छेउमा मंगलबार दिउँसो टिकटक बनाइरहेको अवस्था चिप्लिँदा उनी तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

सम्बन्धित सामग्री

टिकटक बनाउँदा चिप्लिएर तालमा बेपत्ताको शव भेटियो

सल्यान : मंगलबार दिउँसो साढे १२ बजे कुपिण्डे तालमा चिप्लिएर बेपत्ता भएका युवाको शव भेटिएको छ। दाङ तुलसीपुर-६ का अन्दाजी ३६ वर्षका वेदबहादुर बस्नेतको बुधबार दिउँसो शव भेटिएको हो।तालमा खसेर बेपत्ता भएपछि उनको सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीलगायत सुरक्षाकर्मीले खोजी गरेका थिए। बस्नेत खसेको ठाउँदेखि १५ मिटर पश्चिममा गहिराइमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।साथीसँगै मंगलबार बिहान कुपिण्डे ताल घुम्न आएक