पवनदीपको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' सार्वजनिक

काठमाडौं : भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजनको नेपाली गीत बजारमा आएको छ। पवनको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' बोलको पहिलो सोलो गीत सार्वजनिक भएको हो। आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा म्युजिक निर्देशक शिखर सन्तोषले संगीत भरेका छन्। कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज…