काठमाडौं (अस) । कोनेरु लक्षमैया एजुकेसन फाउन्डेसनअन्तर्गतको केएल युनिभर्सिटीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिलगायत विषयमा जानकारी दिएको छ । भारतका प्रसिद्ध विश्वविद्यालयमध्येको आन्धप्रदेश राज्यको विजयवाडामा अवस्थित केएल युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । विश्वविद्यालयले इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, बीएस्सी एग्रिकल्चर, बी फार्मेसी, फर्मडी एलएलबी र एलएलएम तथा बीबीए, एमबीए, बिएस्सीलगायतका कोर्षमा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति घोषणा गरेको छ ।
घोषित कार्यक्रमअन्तर्गत निःशुल्कदेखि ६० प्रतिशत र २० प्रतिसतसम्म छात्रवृत्तिका योजना राखिएको विश्वविद्यालयका पदाधिकारीले जानकारी दिए । कोरोनाको मारमा पिल्सिरहेका अभिभावक र विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न राहत होस् भन्ने उद्देश्यले विशेष छात्रवृत्ति व्यवस्था गरिएको विश्वविद्यालयका नेपाल प्रतिनिधि शिवराज न्यौपानेले बताए । भारतका इन्जिनियरिङ अध्ययन गराउने संस्थाहरूको सूचीमा उत्कृष्ट रहेको केएल युनिभर्सिटीमा भारतीय दूतावासले प्रदान गर्दै आएको निःशुल्क छात्रवृत्तिमा पनि नेपाली विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।