खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस र माटोले बनेको पुरानो मुण्डाघर आज दिउँसो भत्किँदा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्कीका छोरा १४ वर्षीय राजकुमारको घटनास्थलमै मृत्यु भएको हो ।
मान्छे बस्न छाडेको स्थानीय मनकुमार सार्कीको मुण्डाघरभित्र तीन बालक खेलिरहेको अवस्थामा उक्त मुण्डाघर भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । मुण्डाघर भत्किँदा अन्य दुई बालकसमेत घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय राजकुमारी सार्कीको १० वर्षीय छोरा मिलन र मन...