वर्षाले घर भत्किँदा एकको मृत्यु, सडक अवरुद्ध, सतर्कता अपनाउन प्रशासनको आग्रह

खोटाङ : खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस र माटोले बनेको पुरानो मुण्डाघर आज दिउँसो भत्किँदा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्कीका छोरा १४ वर्षीय राजकुमारको घटनास्थलमै मृत्यु भएको हो ।  मान्छे बस्न छाडेको स्थानीय मनकुमार सार्कीको मुण्डाघरभित्र…