काठमाडौं : महोत्तरीमा गत वर्ष भएको झा दम्पती हत्याका अभियुक्त छुटेको भन्दै तत्काल जेल हाल्न माग गरिएको छ।झा दम्पती हत्याका अभियुक्त ४ जनालाई धरौटीमा छाडिएको भन्दै छोरा मनीष झाले आफू र परिवारसमेत असुरक्षित भएको भन्दै तत्काल जेल हाल्न माग गरेका छन्।मनीषले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेल हाल्नुपर्नेलाई रिहा गरेर आफ्नो परिवार नै असुरक्षित बनाएको बताए।उनले आफूहरूमाथि अन्याय भएको बताए। ०७७ साल फागुन १० गते राति मुसाफिर झा र गीतादेवी झा दम्पतीको हत्या भएको थियो।प्रहरीले लामो अन