विराटनगर : टोपीको छेउमा नमेटिएको धरानवासीले लगाइदिएको रातो अबिर। ओठमा मन्द मुस्कान। दुई हात जोडेर कार्यकक्षमा प्रवेश गर्दै गर्दा उनको त्यो मुस्कानभित्रका पीडा तत्काल महसुस गर्न सकिएन। केही क्षणपछि बधाई, शुभकामना साथै परिचयबाट शुरु भएको उनीसँगको संवाद सुनेपछि भने उनको कार्यकक्षमा बसिरहेका सबै आश्चर्य मान्दै एक टकले उनैलाई नियालिरहेका थिए।भनिन्छ एउटा मुस्कानमा हजार पीडा लुकेको हुन्छ। यस्तै हजारौं पीडा र कष्ट भोगरे उदाएका अइन्द्र विक्रम बेघाको राजनीति अब धरानवासीको भरोसाको