नेशनल हाइड्रो पावरले पुन : पायो तल्लो इन्द्रावती आयोजना

असार १४, काठमाडौं । लगानीकर्ताको विवादका कारण खारेज भएको ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले पाएको छ ।      विद्युत् विकास विभागले सो आयोजना सोमवार पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण आफूहरुबाट गुमेको आयोजना पुनः फिर्ता आएको हो ।      आयोजनाको भौतिक निर्माण झण्डै ५० प्रतिशत पूरा भइसकेको छ । विवादमा पर्नु अगाडि आयोजनाले ६५ करोड रुपैयाँ बराबरको लगानी गरिसकेको थियो । थप ३५ करोड रुपैयाँ बराबरको लगानी गरिए आयोजना सम्पन्न हुने कम्पनीले बताएको छ ।       विभागले प्रतिस्पर्धाका आधारमा नेशनल हाइड्रो पावरलाई सो आयोजना उपलब्ध गराएको हो । कम्पनीले अब आयोजना निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) प्रक्रियाबाट अगाडि बढाउनेछ ।      कम्पनीले ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो आयोजना सञ्चालन गरिरहेको छ । सोही कम्पनीले भोजपुरमा १४ मेगावाट क्षमताको इरखुवा खोला जलविद्युत् आयोजना निर्माण शुरु गरिसकेको छ भने कास्कीमा १२ मेगावाट क्षमताको मादी खोलाको समेत काम अगाडि बढाएको छ । रासस  

सम्बन्धित सामग्री

प्रतिस्पर्धाबाटै नेशनल हाइड्रोपावरले पायो तल्लो इन्द्रावती

लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले  पाएको छ । विद्युत् विकास विभागले सो आयोजना आज पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण आफूहरूबाट गुमेको आयोजना पुनः फिर्ता आएको हो ।आयोजनाको भौतिक निर्माण झण्डै ५० प्रतिशत पूरा भइसकेको छ । विवादमा पर्नु अगाडि आयोजनाले रु ६५ करोड बराबरको लगा