काठमाडौं : सत्तारुढ पार्टीहरूको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाउने भएको छ।शुक्रबार अन्तिम रूप दिइएको मस्यौदा शनिबार दिउँसो शीर्ष नेता समक्ष पेश गर्ने कार्यदल सदस्य तथा राप्रपा महामन्त्री धवलशमशेर राणाले जानकारी दिए।नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलले सत्तारुढ पार्टीका घोषणा पत्रमा समावेश एजेण्डा समेटेर न्यूनतम साझा कार्यक्रम तयार गरेको छ। कार्यक्रमा नागरिकता समस्या सम