काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले बजेटको सैदान्तिक पक्षले संविधानको भावना र मर्मलाई समेट्न नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०, ०८१ को विनियोजन विधेयक पारित भएपश्चत सैदान्तिक छलफलमा भाग लिँदै उनले विनियोजन विधेयकले व्यवहारिक पक्षलाई समेट्न नसकेको बताएका हुन् । […]