यी कर्मचारीले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार

सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ ।

सम्बन्धित सामग्री

क–कसले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार ?

काठमाडौं । सरकारले २०औं निजामती सेवा दिवसका अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । २०औं निजामती सेवा दिवस मूल समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई प्रदान गर्नुभयो । पुरस्कृत हुनेमा धनकुटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहसचिव बुद्धिबहादुर गुरुङ, उपसचिव कविन्द्र नेपाल, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, उपसचिव रामप्रसाद लम्साल, राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीका निर्देशक ढुण्डीराम लामिछाने, मालमोत अधिकृत चन्द्रप्रसाद मिश्र, कम्प्युटर अधिकृत सुनिलकुमार केसी, कोष तथा लेखा नियन्त्रणक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र नायब सुब्बा शुभलक्ष्मी लामा छन् । पुरस्कारको राशि जनही रु एक लाख छ ।  त्यसैगरी ५० हजार राशिको निजामती सेवा पुरस्कार कान्ति बाल अस्पतालका प्रमुख अस्पताल नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुइतुइ, उपसचिव डा डमरुबल्लभ पौडेल, उपसचिव चुडाराम सापकोटा, इन्जिनियर किशोर पन्थी र शाखा अधिकृत नवराज तामाङ ब्लोनसहित ३० जना निजामती कर्मचारीलाई प्रदान गरिएको छ ।  त्यसैगरी गत वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार उपसचिवहरू दीपकप्रसाद खतिवडा, हरिप्रसाद ज्ञवाली, मुना शर्मा, शोभाखर रेग्मी, सन्तोष पौडेल, लिलाकान्त पौडेल र शान्तिबहादुर बस्नेतसहित १० जनालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख छ । त्यसैगरी गत वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार ३० जना कर्मचारीलाई प्रदान गरिएको छ ।  ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।  विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर निजामती दिवस मनाउन थालिएको हो । रासस

रोशनी लक्ष्मी तुइतुईलाई निजामती सेवा पुरस्कार

कान्ति बाल अस्पतालमा कार्यरत प्रमुख अस्पताल नर्सिङ प्रशासन रोशनी लक्ष्मी तुइतुईलाई निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ।

यी हुन् यस वर्षका उत्कृष्ट १० निजामती कर्मचारी

निजामती सेवा दिवस २०७९ को अवसरमा नेपाल सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारबाट कर्मचारीहरूलाई सम्मानित गरेको छ । गत भदौ २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार सो पुरस्कार वितरण गरेको हो ।उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूमा आन्तरिक राजस्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवाली, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव

यी हुन् १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत ४० कर्मचारी

काठमाडौँ । सरकारले १९ औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । मङ्गलवार राति बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नामावली सार्वजनिक गरिएको हो ।  सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी […]

यसपालि पनि सर्वोत्कृष्ट कर्मचारी छनाेट हुन सकेन

काठमाण्डाै - व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको छ ।१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार  र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् ।  तर, गएको वर्ष जस्तै यसपालि पनि सरकारले सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्म...

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी

निजामती कर्मचारी दिवसका अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ। उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ।...

डा भिमसिंह टिंकरीलाई उत्कृष्ट निजामती पुरस्कार

मन्त्रिपरिषदको निर्णय अनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो।

पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक

काठमाडौँ । सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई सम्मान गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने […]

निजामती पुरस्कारका लागि कर्मचारीको नाम पठाउन सूचना जारी

काठमाडौँ । निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न अनुरोध गरिएको छ । सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीलाई प्रदान गर्ने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नामावली पठाउन पत्राचार गरेको हो । मन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहालले आज एक सूचना जारी गर्दै […]