स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो । सत्तारुढ दल नेपाली कांग्रेस जिल्लामा यसअघि रोकिएको जिल्ला अधिवेशनको तयारीमा छ । यही फागुन १३ गते जिल्ला अधिवेशनको तयारीमा रहेको कांग्रेसले आज महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नं ३ मा क्षेत्रीय अधिवेशन हुँदैछ । सो क्षेत्र को एक स्थानीय तहमा अधिवेशन नहुँदा जिल्ला अधिवेशनसमेत रोकिएको थियो ।