काठमाडौं : संघीय संसद् सचिवालयले महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र कार्यान्वयन नगर्न दायर भएको रिट खारेज गर्न सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको छ।संसद्का महासचिव भरतराज गौतमले महान्यायाधीवक्तामार्फत पेश गरेको लिखित जवाफमा रिट निवेदकको मागबमोजिमको कुनै पनि आदेश जारी नगर्न माग गरिएको छ।महासचिव गौतमले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्चमा रिट दायर भएको थियो। संसद्बाट महाभियोग निष्क्रिय भएको पत्र बुझेर काममा फर्कने ज