संविधानविद् डा. भीमार्जुन आचार्यले बहुमतको प्रधानमन्त्रीले संसद् विघटनको व पनि उच्चारण गर्न नमिल्ने बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आइतवारको बहसमा आचार्यले राजनीतिक प्रश्नको आवरणमा संविधान मिच्ने काम भएको जिकिर गरेका हुन् ।
‘बहुमतको प्रधानमन्त्रीले संसद् विघटनको व पनि उच्चारण गर्न पाउँदैनन् । संविधानविपरीत संसद् विघटन गरेपछि त्यसलाई राजनीतिक प्रश्नको आवरणमा छोप्ने प्रयास भैरहेको छ । २०५२ सालमा नयाँ निर्वाचन गर्न आर्थिक भार हुने भन्दै अदालतले संसद् पुनस्थापना गरिदिएको थि...