श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चारमन्त्रीले निजी सञ्चारगृहसँग छलफल गर्ने :: Pahilopost.com

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका सम्बन्धमा निजी क्षेत्रका सञ्चारगृहसँग आफूले छलफल गर्ने बताएका छन्।  नेपाल पत्रकार महासंघले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीको भौतिक र पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध भएकाले कानुनमा तोकिएबमोजिम पत्रकारको सुविधा उपलब्ध हुनुपर्ने

सम्बन्धित सामग्री

कान्तिपुरकर्मीका मुद्दामा सरकार गैरजिम्मेवार

काठमाडौं-कान्तिपुरमा देखिएको श्रम समस्याका बारेमा जारी सङ्घर्षको कार्यक्रम अन्तर्गत आज नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि छलफल भएको छ। छलफलमा सहभागीहरूले ऐन बनेको ३ दशक बित्दा पनि कार्यान्वयन नहुँदा पटक पटक समस्या देखिने गरेको बताएका छन। महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवालले सरकारले ऐन कार्यान्वयन गराउन उदासिन भएको बताए। कान्तिपुरको श्रम समस्याका बारेमा […]

कान्तिपुर मिडियाविरुद्ध श्रमजीवी पत्रकार संघले थाल्यो दोस्रो चरणको आन्दोलन

काठमाडौँ-श्रमजीवी पत्रकार संघ,नेपालले कान्तिपुर मिडिया ग्रुपविरुद्ध शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन थालेको छ। कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको पक्षमा शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन थालेको हो। शुक्रबार दिउँसो ४ बजेदेखि एक घण्टा थापाथलीस्थित कान्तिपुरको मुख्यालय बाहिर धर्ना दिएको संघका अध्यक्ष जन्मदैव जैसीले बताए। त्यसैगरी, भोलि कान्तिपुर संघर्ष समन्वय समितिसँग आन्तरिक छलफल गर्ने कार्यक्रम तय भएको छ। […]

महासंघद्वारा कान्तिपुरबाट निष्काषित पत्रकारको पुनर्बहाली ‍माग

काठमाडौं- नेपाल पत्रकार महासंघले बुधबार कान्तिपुर मिडिया ग्रुपबाट कानुनविपरीत निष्कासन तथा सरुवा गरिएका पत्रकारहरूसँग छलफल गरेको छ। महासंघ कार्यालयमा भएको छलफलले कानुनविपरीत भएका सरुवा बदर, निष्कासन गरिएका पत्रकारहरूको पुनर्बहाली र पारिश्रमिक नियमित भुक्तानीलाई वार्ताको पहिलो शर्त बनाउने निष्कर्ष निकालेको छ । जुनसुकै विषयमा निर्णय लिँदा सम्बन्धित सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐनका प्रावधानहरूको अक्षरशः पालना गर्नुपर्ने […]

पत्रकारका माग पूरा गर्न मन्त्रालयमा छलफल गरिने

काठमाडौँ – न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब पछिल्लो तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ। समितिले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सिंहदरबारस्थित मन्त्रालयमा ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरवलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेस गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलबमा हाल पाइरहेको तलबको २५ प्रतिशतका […]

सरकारको स्वस्थ आलोचना गर्नुहोस्ः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी  योजना ल्याउने बताएका छन् । सोमबार पत्रकार महासंघसँगको छलफलमा शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐन कानुन निर्माण, संस्थागत कमीकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गरे । उनले सत्यतथ्य सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ आलोचना गर्न समेत आग्रह गरे । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष

कोरोना संक्रमणबाट नेपालमा सात जना पत्रकारको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट सात जना पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका अनुसार ५१३ जना पत्रकार कोरोना भाइरसबाट संक्रमण भएकोमा सात जनाको मृत्यु भएको हो । ४७० जना संक्रमण मुक्त भएका महासंघले जनाएको छ । महासंघले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण श्रमजीवी नेपाली पत्रकारहरुले ठुलो समस्या भोग्नु परेको जनाएको छ । कोरोना भाइरस संक्रमणको बाहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारलाई सेवाबाट बञ्चित गर्ने, नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने जस्ता कार्यले श्रमजीवी पत्रकार तथा तिनमा आश्रीत परिवारले आर्थिक समस्या झेल्नुपरेको महासंघले जनाएको छ । यस्तै, संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँगको छलफल विना नै निर्माण भएका तथा सरकारले संसद समक्ष पु-याएका सार्वजनिक सेवा प्रसारण सम्वन्धी विद्येयक, सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयकसहित संचार सम्बन्धी विभिन्न विधेयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु ल्याएको उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्वर ३१सम्मको यो एक बर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेख गरिएको छ। गतवर्ष अर्थात सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना अभिलेख गरिएको थियो । यो एकवर्षको अवधिमा सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका रहेका छन्। त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन्। यस्तै, ४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका अभिलेख भएका छन् ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न मन्त्रीले छलफल गर्ने

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारको पेशागत असुरक्षाका सम्बन्धमा निजी