कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि आज पनि प्रदेशसभा बैठक बस्न सकेन ।
प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोख्नुभएको थियो । दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।
आज ब...