२२ असार, काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित केसको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकी […]