बैतडी : भीरबाट लडेर बैतडीमा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–२ का ४५ वर्षीय नरविरसिंह धामी छन्।घर नजिकैको ठूलागोदा वनमा दाउरा ल्याउन गएका धामीको लडेर मृत्यु भएको स्थानीय लोकेन्द्रसिंह धामीले जानकारी दिए। धामी भीरबाट करिब चार सय मिटर तल खसेका थिए।धामी बिहानै दाउरा लिन वन गएका र बेलुकी सम्म पनि नफर्किएपछि खोज्न जाँदा उनी मृत भेटिएका हुन्। धामीकी श्रीमतीको पनि भीरबाटै लडेर मृत्यु भएको थियो।