चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा खानेतेलको वैदेशिक व्यापारमा नेपालले २० अर्ब ४३ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार ११ महिनाको अवधिमा तेलको आयात–निर्यातको व्यापारमा उक्त व्यापार घाटा भएको हो ।नेपाली उद्योगी/व्यवसायीले विदेशबाट कच्चा खानेतेल ल्याएर प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आइरहेका छन् । नेपालमा भारतीय बजारलाई लक्षित गरेर २० वटाभन्दा धेरै खानेतेल प्रशोधन गर्ने उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगले इण्डोनेशिया, मलेसिया, ब्राजिल, अ